कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

संसद्‌मा बजेट भाषणअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार संघीय संसद्‌मा बजेट भाषण हुनुअघि विपक्षी दल र आफ्नै पार्टीको संसदीय दलको बैठक बोलाएका छन्। संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

संसद्‌मा बजेट भाषणअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक

मंगलबार दिउँसो १ बजे संघीय संसद्‌का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसअघि सभापति देउवाले बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षमा बस्ने गरी बिपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएका हुन् ।

लगत्तै संसदीय दलको बैठक बस्ने तयारी छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरुले संसद्‌मा विरोध गर्दै आएका छन् ।

सत्तापक्ष र विपक्ष दलका बीच संसदीय छानबिन समिति बनाउने सहमति भएपनि समितिको कार्यादेशका विषयमा भने सहमति जुट्न सकेको छैन ।

प्रकाशित : जेष्ठ १४, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×