कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

उपनिर्वाचनले 'कांग्रेस एक्लै लड्न सक्षम छ' भन्ने सन्देश दिँदैछौँ : कोइराला

इलाम — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले इलाम-२ मा उपनिर्वाचनले 'कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ' भन्ने सन्देश दिने दाबी गरेका छन्। उनले बिगतमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिँदा नजितेको कांग्रेसले यसपटक एक्लै प्रतिष्पर्धा गरेर चुनाव जित्ने बताए । 

उपनिर्वाचनले 'कांग्रेस एक्लै लड्न सक्षम छ' भन्ने सन्देश दिँदैछौँ : कोइराला

'कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनुपर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ,' उनले भने । कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भएपनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए । कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिलाई समेत मार्गप्रशस्त गर्ने बताए ।

प्रकाशित : वैशाख ३, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×