कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ

काठमाडौँ — प्रहरीले नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे घर भई भक्तपुर बोडे बस्ने छुल्टीम लामा, राजेन्द्र तामाङ, चिनबहादुर लामा, जितबहादुर तामाङ र काठमाडौं मूलपानी बस्ने दावा दुण्डुप तामाङ रहेका छन् । 

प्रहरीका अनुसार उनीहरुले रामेछापघर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीय एक महिलालाई १ केजी सुन भएको र लगानी गरेर नाफा कमाउने भनी प्रलोभनमा पारी ७ लाख ७५ हजार रूपैयाँ ठगी गरेको हो । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले भक्तपुर बोडेबाट पक्राउ गरेको हो ।

प्रहरीले छुल्टीमको साथबाट १ लाख २२ हजार, राजेन्द्रको साथबाट १४ हजार, चिनबहादुरको साथबाट ८६ हजार ५ सय, जितबहादुरको साथबाट ७४ हजार रूपैयाँ पनि बरामद भएको जनाएको छ ।


प्रकाशित : माघ २८, २०८० २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×