कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विराटनगरको न्यूरो अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन 

विराटनगर — न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले नेपालमै पहिलो पटक एआई पावर्ड १२८ स्लाइस क्षमताको अत्याधुनिक  सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन सञ्चालन सुरु गरेको छ । 

विराटनगरको न्यूरो अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार एक समारोहबीच मेसिन उद्घाटन गरे । यो मेसिन साढे पाँच करोड लागतमा भित्र्याइएको हो ।

सिटी स्क्यान मेसिनबाट टाउको, नशा, हाड लगायतको जाँच गरिनुको साथै यसबाट मुटुको एन्जियोग्राफि पनि गरिने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

उनले अस्पतालले स्थापनाकाल देखि नै प्रविधिको प्रयोगलाई जहिले पनि प्राथमिकतामा राखेर ठूलो लगानी गर्दै आएको जानकारी दिए । पछिल्लो ६ महिनाको अन्तरालले करोडौं लगानी गरेर दुई अत्याधुनिक तथा नवीनतम प्रविधियुक्त उपकरण एमआरआई र सिटी स्क्यान मेसिन भित्र्याएको उनले बताए ।

अमेरिकन कम्पनी जेइले बनाएको उक्त मेसिनले क्यामेराको माध्यमद्वारा बिरामीलाई जाँच्ने गरेको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×