कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘होरिअन बीटूबी समिट' शुक्रबारदेखि

काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबारदेखि ‘होरिअब बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ आयोजना गर्दैछ।

‘होरिअन बीटूबी समिट' शुक्रबारदेखि

महासंघले काठमाडौंको एभरेस्ट होटलमा आयोजना गर्न लागेको उक्त समिट सूचना, सञ्चार र प्रविधि (आईसीटी) विकासका लागि केन्द्रित रहने जनाएको छ ।

समिटमा डिजिटल रुपान्तरण, दीगोपन, उदाउँदो बजार र आर्टिफिसियल इन्टेलिजेन्सबारे छलफल हुनेछ । यो समिटले नेपालका लागि विभिन्न कम्पनीका आधिकारिक डिलर र बिक्रेताबीच व्यापारको प्रवद्र्धन हुने महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । उनले भने, ‘यो सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरलाई सम्बोधन गर्ने विश्वास लिएको छु ।’

समिटमा व्यवसायी, कर्पाेरेट हाउस, नवीनतम प्रविधिको प्रदर्शनी, बैंकिङ र विकास फिनटेक लगायत क्षेत्रका सय प्रतिनिधिहरुको सहभागिता रहने आयोजक क्यान महासंघले जनाएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×