कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ — ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका रेग्मीलाई २०८१ को भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

रेग्मीसँग तीन दशक लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले २०६५ सालमा नायब प्रबन्धक तहबाट ग्लोबल बैंकमा प्रवेश गरेका थिए । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र बेलायतको युनिभर्सिटी अफ वेल्सबाट विजनेस एडमिनिसट्रेसनमा मास्टर गरेका छन् ।

रेग्मीले ग्लोबल बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, शाखा सञ्चालन र मर्जर व्यवस्थापनलगायत क्षेत्रमा सुपरिवेक्षण तहमा काम गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०८१ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×