कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रभु स्टक मार्केटकाे औपचारिक कारोबार सुरु

काठमाडौँ — प्रभु बैंकको स्वामित्वमा रहेको प्रभु स्टक मार्केटको कारोबार औपचारिक रूपमा सञ्चालन भएको छ ।

प्रभु स्टक मार्केटकाे औपचारिक कारोबार सुरु

बुधबार एक समारोहकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले कम्पनीको कारोबार सञ्चालनको औपचारिक सुरुवात गरेका हुन् ।

कार्यक्रममा बैंकको सहायक कम्पनीको रूपमा स्थापित उक्त कम्पनीले सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा शुभकामना व्यक्त गरे ।

प्रभु स्टकका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले धितोपत्र खरिदबिक्री सम्बन्धी सबे सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । प्रभु स्टक कम्पनीको अधिकृत तथा चुक्तापुँजी २० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×