कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अर्थमन्त्री र सीबीफिनबीच दिगो आर्थिक विकासबारे छलफल

काठमाडौँ — उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) बीच दिगो आर्थिक विकासबारे छलफल भएको छ ।

अर्थमन्त्री र सीबीफिनबीच दिगो आर्थिक विकासबारे छलफल

परिसंघका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल नेतृत्वको टोलीले बुधबार लगानी र व्यवसायमैत्री नीति तथा वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको जानकारी अर्थमन्त्री पौडेललाई गराएको थियो । टोलीले वित्तीय

संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको, पुँजीकोषमा दबाब परेको, संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहनका कार्यले यस क्षेत्रबाट लगानी पलायन हुने अवस्था आएकोबारे ध्यानाकर्षण गराएको छ ।

मन्त्री पौडेलले आर्थिक एवं बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका पहलकदमी अवलम्बन हुनेमा विश्वस्त रहन आग्रह गरे ।

प्रकाशित : श्रावण १०, २०८१ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×