कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल बैंकले दियो सडक डिभाईडर 

काठमाडौँ — नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडरहरू दिएको छ । बैंकको कीर्तिपुर शाखामा आयोजित एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक नारायण प्रसाद दाहालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरेका हुन्  ।

सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल बैंकले दियो सडक डिभाईडर 

बैंकले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै राईले धन्यवाद दिए ।

बैंकका शाखा प्रबन्धक दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालय बिच युगौंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सराहना गर्नुहाुदै बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामाग्री सहयोग गरेको बताए ।


प्रकाशित : जेष्ठ २९, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×