कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

क्याथेले उत्कृष्ट एजेन्सीलाई पुरस्कृत गर्‍यो

काठमाडौँ — हङकङ–काठमाडौं सातामा ५ वटा उडान गर्दै आइरहेको क्याथे प्यासिफिक एयरलायन्सले नेपालमा रहेका आफ्ना उत्कृष्ट ट्राभल तथा कार्गो व्यवसायीहरुलाई बिहीबार राजधानीमा ‘विङ्स अफ एक्सिलेन्स’ अवार्ड कार्यक्रममार्फत पुरस्कृत गरेको छ ।

क्याथेले उत्कृष्ट एजेन्सीलाई पुरस्कृत गर्‍यो

सन् २०२३ मा हवाई टिकटतर्फ उत्कृष्ट कारोबार गरेर पुरस्कृत हुनेमा ओशो वर्ल्ड ट्राभल नेपाल, समेघ टुर्स एण्ड ट्राभल्स, बोन ट्राभल एण्ड टुर्स प्रालि, रुपाकोट इन्टरनेश्नल ट्राभल प्रालि, सेभेन स्टार ट्राभल र प्रभास ट्राभल एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै कार्गो व्यवसायतर्फ पायोनियर कार्गो, हिमालयन ट्राभल एण्ड टुर्स प्रालि, साँग्रिला इन्टरनेश्नल फ्रेट प्रालि, लिजेन्ड कार्गो प्रालि र मुक्तिनाथ डे कार्गो प्रालि रहेका छन् ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा क्याथेका क्षेत्रीय महाप्रबन्धक राकेश रायकार, क्षेत्रीय प्रमुख आनन्द येडेरी, कार्गोतर्फका क्षेत्रिय प्रमुख राजेश राई, कन्ट्री लिड नेपाल जुनु मलेकु लगायतको उपस्थिति रहेको विज्ञप्ति‍मा उल्लेख गरिएको छ ।


प्रकाशित : जेष्ठ ११, २०८१ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×