कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विराटनगरमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार

काठमाडौँ — लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको हो ।

विराटनगरमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार

साविकको हनुमानदास रोडको शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । बिर्तामोडमा रहेका आफ्ना दुई वटा शाखा गाभी साविक सन्राइज बैंकको स्थान– भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ ।

चितवनको भरतपुर, हाकिमचोकमा रहेका दुई वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान– हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकलाई सेवा प्रदान गरिएको बैंकले जनाएको छ ।


प्रकाशित : जेष्ठ ७, २०८१ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×