कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आठौं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

आगामी चैत ३ गतेदेखि १० गतेसम्म आयोजना हुने राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि आरबीबी–एनभीए नाम राख्नु पर्नेछ । प्रायोजन स्वरुप बैंकले संघलाई १८ लाख रुपैंया प्रदान गर्नेछ । उक्त प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ९ गरी जम्मा २१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए । राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट राष्ट्रिय खेलको रुपमा मानिएको भलिबल खेलको थप बिकास र विस्तारमा सहयोग पुगेको संघका अध्यक्ष चन्दले बताए । बैंकको देशभर २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ छ ।




प्रकाशित : फाल्गुन १५, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×