कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

प्राध्यापक खत्रीको 'नेपाली संस्कृतिको इतिवृत्त' प्रकाशित 

काठमाडौँ — मानवशास्त्री प्रेमकुमार खत्रीले नेपाली संस्कृति, सम्प्रदाय र समाजको परिपूरक सम्बन्धलाई लिएर सोधमुलक ‘नेपाली संस्कृतिको इतिवृत्त’ कृति प्रकाशनमा ल्याएका छन् ।

प्राध्यापक खत्रीको 'नेपाली संस्कृतिको इतिवृत्त' प्रकाशित 

त्रिभुवन विश्वविद्यालय, मानविकी संकायका डीन तथा नेपाल एशियाली तथा अनुसन्धान केन्द्र(सिनास)का पूर्व कार्यकारी निर्देशकसमेत रहेका खत्रीले नेपाली संस्कृतिमा जोडिएका कला, धर्म, आदर्श र यथार्थलाई व्याख्यान शैलीमा उल्लेख गर्दै शैक्षिक पाठ्यक्रममा संस्कृति पक्षधर सरोकारलाई प्राथमिकताका साथ राख्नुपर्ने बताएका छन् ।

सामाजिकीकरण र पहिचानका हिसाबमा पनि नेपाली संस्कृतिको महत्ता विशिष्ट रहेको निचोडमा प्राध्यापक खत्रीले तिथी, पर्व, लोककला, सांस्कृतिक प्रतिकका विविध पक्षमा जोडिएको अर्न्तसम्बन्धको आयामलाई पनि पुस्तकमा समेटेका छन् ।

रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको कृति ‘नेपाली संस्कृतिको इतिवृत्त’को विषयगत विविधताका आधारमा क्रमागत खण्डहरु प्रकाशित हुने प्रकाशन गृहले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×