कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

'अ सिम्फोनी अफ साइलेन्ट स्टोरी' सार्वजनिक 

'अ सिम्फोनी अफ साइलेन्ट स्टोरी' सार्वजनिक 

काठमाडौँ — फोटो कथासंग्रह 'अ सिम्फोनी अफ साइलेन्ट स्टोरी' पुस्तक सार्वजनिक भएको छ । यो पुस्तक भ्वाइसेज अफ विमेन मिडियाद्वारा आयोजित 'सि इज द स्टोरी' कार्यक्रम अन्तर्गत सञ्चालन भएको एक महिने फोटोग्राफी कार्यशालामा सहभागी १३ महिला फोटोग्राफरले खिचेको कथाहरुको संग्रह हो । 

अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा पुस्तक विमोचन गरिएको हो । पुस्तकमा मदिना राई, लक्ष्मी न्यौपाने, शिभाषा के सी, प्रियंका तुलाचन, पुष्पा जोशी, नीति वानेम, मोनिका झा, सुशीला गुरुङ, अदिती श्रेष्ठ, बिजु महर्जन, सुस्मिता बोगटी, लक्ष्मी चौधरी,कृति घिमिरे लगायतले खिचेको फोटो कथा छ ।

पुस्तक विमोचन कार्यक्रममा 'फोटोग्राफीमा महिलाः समकालीन चुनौतीहरू र अवसरहरू' शीर्षकमा अन्तरक्रिया पनि आयोजना भयो । प्रतिष्ठित फोटोग्राफर तथा फोटो सर्कलकी निर्देशक नयनतारा गुरुङ कक्षपति, फोटोग्राफर उमा बिस्ट र फोटो पत्रकार मोनिका मल्ल अन्तरक्रियामा सहभागी थिए ।

प्रकाशित : भाद्र ९, २०८१ १९:०३
x
×