कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

भाद्र २६, २०८१
नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

काठमाडौँ — निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’ बजारमा आएको छ ।

यसअघि ९ वटा नियात्रासंग्रह र १० वटा निबन्ध लेखिसकेका नयाँघरेले नेपाली समाजको उपेक्षित पाटोलाई आफ्नो निबन्धको भावभूमि बनाउने र झर्रा, ठेट अनि नेपाली मौलिक चरित्र–चित्र खिच्न पोख्त मानिन्छन् ।

२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’का लागि नयाँघरेले मदन पुरस्कार पाएका थिए । त्यसको करिब १५ वर्षपछि उनले आफ्नो आत्मपरक शैलीलाई अझ परिष्कार र परिमार्जनका साथ आगोको बीउ प्रकाशनमा ल्याएको प्रकाशक रत्न पुस्तक भण्डारले जनाएको छ ।
आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रुपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रुपमा परिचित छन् । ‘समाजमा हरेक क्षेत्र अन्योल, असहिष्णु र अस्तव्यस्त भएको छ । त्यसकै अन्तर्मनलाई पर्गेलेर मैले यी निबन्ध रचना गरेको हुँ,’ नयाँघरेले भने ।

‘नयाँघरे नेपाली निबन्धलाई एउटा शालीन उचाइ दिने बलियो निबन्धकार हुन्,’ समालोचक कुमारी लामा भन्छिन् ।

प्रकाशित : भाद्र २६, २०८१ २०:२७
×