कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

'सेयर सूत्र' सार्वजनिक

'सेयर सूत्र' सार्वजनिक

काठमाडौँ — सेयर बजारका विज्ञ-विश्लेषक एवम लेखक रविन्द्र भट्टराईको नयाँ पुस्तक 'सेयर सूत्र' सार्वजनिक भएको छ ।  प्रकाशक बुकहिलका अनुसार सेयरबाट धनसम्पत्ति बढाउने सूत्र र रणनीतिहरू पुस्तकमा समेटिएको छ । 

बुकहिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सट्टेबाजी नगरी सेयरबाट पैसा बनाउने बेन्जामिन ग्राहमका एक सय वर्ष अघिका सूत्रहरूलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सूत्र र रणनीतिहरू यस पुस्तकमा प्रस्तुत भएका छन् । बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सूत्रहरू उपयुक्त हुन सक्छन् ।'

सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य ४९९ रुपैयाँ रहेको छ ।


प्रकाशित : भाद्र ९, २०८१ ११:५५
x
×