कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

‘आर्यदर्शनमा नारी’ सार्वजनिक

‘आर्यदर्शनमा नारी’ सार्वजनिक

काठमाडौँ — दामोदर अधिकारीद्वारा लिखित पुस्तक ‘आर्यदर्शनमा नारी : अस्ति हिजो र आज’ शनिबार सार्वजनिक भएको छ । वेद, उपनिषद्, पुराणहरू, स्मृति र महाकाव्य रामायण र महाभारतको लामो अध्ययन, मनन गरी त्यसकै आधारमा अधिकारीले १७ अध्यायमा समावेश गरी पुस्तक तयार पारेका हुन् ।

‘यस पुस्तकले नारीहरूको अवस्थाको चित्रण गर्न वैदिक संहिता, पुराण र अन्य धार्मिक तथा सामाजिक ग्रन्थ, साहित्यलाई आधार बनाएको देखिन्छ,’ समालोचक चन्द्रकला घिमिरेले पुस्तकबारे भनेकी छन्, ‘पूर्ववैदिक आर्यसमाजमा महिलाहरू आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक आदि क्षेत्रमा पुरुषसरह सशक्त, सक्षम र सबल थिए, लिंगका आधारमा कुनै प्रकारको विभेद थिएन भन्ने कुरालाई ग्रन्थ प्रमाणका आधारमा यस पुस्तकमा लेखकले देखाएका छन् ।’

लेखक अधिकारीले आर्यदर्शन र इतिहासभित्र लेखिएका तथ्यमा टेकेर पुस्तक लेख्ने प्रयास गरेको उल्लेख गर्दै भनेका छन्, ‘महिला भएकैले वेद पढ्न नहुने, सती जानुपर्ने, बाल विवाह गर्दा धर्म हुनेजस्ता रुढिवादी कुरीतिसँग आर्यदर्शन र यसअन्तर्गत रहेका संस्कार, संस्कृतिहरू सहमत छैनन् भन्ने यथार्थलाई संकेत गर्न पनि पुस्तक लेखेको हुँ ।’

उनी आर्यदर्शनमा नारी र पुरुष दुवैको समान अस्तित्व रहेको जिकिर गर्दै अहिले देखिएको लैंगिक र जातीय भेदभावहरू कालखण्डमा घटित घटना र परिघटनाबाट उत्पन्न ऐंजेरुहरू रहेको दाबी गर्छन् । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा शनिबार आयोजित एक कार्यक्रममा पुस्तकको प्रा.डा. जयराज आचार्यले विमोचन गरेका हुन् ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:३९
x
×