कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

तीन पुस्तकलाई फेडोल उत्कृष्ट सिर्जना सम्मान

तीन पुस्तकलाई फेडोल उत्कृष्ट सिर्जना सम्मान

काठमाडौँ — फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानले तीन कृतिलाई फेडोल उत्कृष्ट पुस्तक घोषणा गरेको छ ।

संवत् २०८० सालभरिमा प्रकाशित भएका पुस्तकहरूमध्ये भक्तपुरका अभय श्रेष्ठको कविता सङ्ग्रह ‘लहना र तीर’, मकवानपुरका शिवप्रसाद ढकालको जीवनी गाथा ‘भक्तगाथा’ र ताप्लेजुङका खेमराज निरौलाको महाकाव्य ‘क्रान्तिदूत’ उत्कृष्ट तीनमा छानिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा कथाकार राममणि ढुंगेलका अनुसार यी तिनै कृतिका स्रष्टालाई भदौ १५ गते ‘फेडोल उत्कृष्ट सिर्जना सम्मान–२०८१’ प्रदान गरिनेछ । ढुंगेलकी आमा फेमकुमारी तथा पिता डोरनाथ ढुंगेलको स्मृतिमा २०६८ स्थापना भएको फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानले २०७२ देखि यो सम्मान प्रदान गर्दै आएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ २०:३५
x
×