कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

'बोरा' लाई लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार

भाद्र १०, २०८१
'बोरा' लाई लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार

काठमाडौँ — लालबन्दी नगर वाङ्‌मय परिषद्ले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१' 'बोरा' उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार अखण्ड भण्डारीद्वारा लिखित उपन्यास बोरा पुरस्कार छनोट समितिलेले तयार गरेको दशवटा कृतिमध्ये उत्कष्टमा परेको हो ।

पुरस्कार ५० हजार रूपैयाँ राशिको हो । त्यस्तै 'लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८१' लामो समयदेखि पत्रकारिता गर्दै आएका शङ्‌कर श्रेष्ठले पाउने भएका छन् । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१ भने पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्‍न पुगेका 'मकै' पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको हो । कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ। पुरस्कारको राशि रु. ५० हजार र सम्मान पत्र छ।

प्रकाशित : भाद्र १०, २०८१ १२:१३
x
×