कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुनुवारको मातृभाषा कविता कृति सार्वजनिक

काठमाडौँ — मातृभाषा अभियन्ता लोकप्रिय सुनुवारको ‘वाऽशरेःलु’ सुनुवार भाषाको कविता कृति सार्वजनिक भएको छ । 

सुनुवारको मातृभाषा कविता कृति सार्वजनिक

श्रृजना स्मृति प्रतिष्ठानले आयोजना गरेको समारोहमा वाग्मती प्रदेश सांसद उर्मिला सुनुवार, भाषाशास्त्री लाल रापचा, पूर्वसांसद कृष्ण राई र लेखक स्वयंले सार्वजनिक गरेका हुन् । लोकार्पित संग्रहभित्र ४० शीर्षकका सुनुवार भाषाका कविता समावेश छन् ।

ओखलढुंगाको खिजीचण्डेश्वरीमा २००८ सालमा जन्मिएका सुनुवारको यसअघि चारवटा कृति प्रकाशित छन् । जसमा ‘कोइँच लोः लोःसी’ (सुनुवारी बोलीचाली), ‘कोइँच नेपाली, अंग्रेजी शब्दकोश’, ‘किरात कोइँच दुर्दापूँ’ र ‘किरात कोइँच सुनुवार मुल्केम मुक्दम’ पुस्तक छन् ।

पुस्तकबारे भाषाशास्त्री रापचा, सृजना सुनुवारलगायतले बोलेका थिए ।


प्रकाशित : फाल्गुन १५, २०८० १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×