कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

मोति जयन्तीमा बृहत् कवि गोष्ठी

भाद्र १८, २०८१
मोति जयन्तीमा बृहत् कवि गोष्ठी

धनकुटा — मोतिराम भट्टको जन्मजयन्तीको अवसरमा धनकुटाको भाषा माविले आयोजना गरेको कविता प्रतियोगितामा कञ्चन बस्नेत पहिलो बनेकी छिन् । ‘विद्यालयमा कविता’ नाम दिइएको उक्त प्रतियोगितामा ५१ जना सहभागी मध्ये बस्नेत पहिलो बनेकी हुन् ।

प्रतियोगितामा दोस्रो स्थान आशिका राई र तेस्रो स्थान नितु शाहीले हात पारिन् । उक्त प्रतिस्पर्धामा सहभागी ५१ मध्ये २० जना पुरुष र ३१ महिला कवि थिए । तर प्रतियोगितामा सबैलाई उछिन्दै पुरस्कार जित्ने सबै छात्रा हुन् । पहिलोदेखि तेस्रो स्थानसम्मका लागि मात्र पुरस्कारको व्यवस्था गरिएको आयोजक विद्यालय भाषा माविका प्रधानाध्यापक गोविन्द राईले बताए ।

पहिलो स्थान प्राप्त गर्ने बस्नेतले पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो हुने राईले तीन र तेस्रो स्थान प्राप्त गर्ने शाहीले दुई हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका लागि माछापुच्छ्रे बैंकले पुरस्कारको प्रायोजन गरेको थियो । उक्त अवसरमा धनकुटाका १९ अग्रज कविहरुले पनि समेत कविता वाचन गरे । सहभागीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राई लगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित : भाद्र १८, २०८१ १५:१६
x
×