कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

काठमाडौं कलिङ साहित्य महोत्सव शनिबारदेखि

भाद्र २०, २०८१
काठमाडौं कलिङ साहित्य महोत्सव शनिबारदेखि

काठमाडौँ — काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ) को तेस्रो संस्करण यही भदौ २२ र २३ गते होटल हिमालय, ललितपुरमा आयोजना हुने भएको छ।

दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा छ।

नेपालः एसियाली कला, संस्कृति तथा साहित्यको प्रवेशद्वार थिम रहेको यस वर्षको महोत्सले नेपालेको समृद्ध सांस्कृतिक सम्पदा तथा दक्षिण एसियासँगको सम्बन्धलाई जोड दिनेछ ।

कला, साहित्य, सिनेमा, रङ्मञ्च, संगीत, मिडिया, राजनीतिलगायत समसामयिक विधामा छलफल तथा प्रस्तुति रहने यस महोत्सवमा नेपाल तथा भारतका कवि, लेखक, कलाकार तथा विज्ञहरु सहभागी हुँदै आएका छन् । मूलतः दक्षिण एसियाका लेखकहरुको जमघट हुने महोत्सवमा यस पटक पनि नेपाललगायत भारत, भुटान र श्रीलंकाका दर्जनौं लेखकहरु सहभागी हुँदै छन् ।

नेपालबाट नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको आतीथ्यसमेत रहने महोत्सवमा अभि सुवेदी, भुवन ढुंगानालगायत साहित्यकारहरुको उपस्थिति रहने छ। त्यसैगरी भारतबाट लेखक उदय प्रकाश, कूटनीतिज्ञ लक्ष्मी मुर्डेश्वर, अर्थशास्त्री तथा लेखक सञ्जीव सान्याल, लेखक गुरुचरणदासजस्ता ख्यातीप्राप्त लेखकहरुले सहभागिता जनाउने छन्।

आइतबार दोस्रो दिन नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रमुख अतिथिका रुपमा उपस्थिति जनाउने कार्यक्रम छ।

नेपाल भारतलगायत दक्षिण एसियाकै साझा सांस्कृतिक तथा बौद्धिक आदान प्रदान गर्ने महोत्सवलाई लामो समयदेखि कायम आपसी सम्बन्धलाई उदीयमान विश्व संस्कृतिका सन्दर्भमा महोत्सवमा उत्सवका रुपमा स्मरण गर्ने केएलएफका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले बताए । उनले भने, यो महोत्सवमा साहित्य, संगीत, नृत्य, कविता लगायत कलाको प्रदर्शनी हुनेछ।

केएलएफ काठमाडौंकी संस्थापक सदस्य तथा निर्देशक रञ्जना निरौलाले महोत्सवको बारेमा उत्साह व्यक्त गर्दै भनिन, 'यस संस्करणले साहित्य, संगीत, कला, तथा संस्कृतिमा रुचि राख्नेहरूका लागि जीवनभरी सम्झनलायक अनुभव प्रदान गर्नेछ।'

प्यानल छलफल र मुख्य सत्रहरूको अतिरिक्त सहभागीहरूले साहित्य, कला, संगीत, कविता, र कथावाचनलाई केन्द्रमा राखेर हुने कार्यक्रमहरूको पनि लाभ उठाउन सक्छन्। उल्लेखनीय सत्रहरूमा ‘डिजिटल युगमा विकास र कूटनीतिबारे पुनर्विचार’, ‘एआइको युगमा साहित्यको भूमिका तथा भविष्य’, र ‘गोर्खा पहिचानः अवसर तथा चुनौतीहरू’ जस्ता विषयहरू समावेश हुनेछन्।

काठमाडौंको होटल हिमालयमा आयोजना हुने यो महोत्सव तीन वटा हलमा समानान्तर रूपमा चल्नेछ र दुई दिनको अवधिमा यसले ६० भन्दा बढी सत्रहरू हुनेछन् ।

प्रकाशित : भाद्र २०, २०८१ १८:२७
x
×