कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विपिनले ल्याए ‘मरुभूमिमा वासन्ती याम’

भाद्र १८, २०८१
विपिनले ल्याए ‘मरुभूमिमा वासन्ती याम’

चितवन — कवि विपिन पाठकको पहिलो कविता संग्रह ‘मरुभूमिमा वासन्ती याम’ सार्वजनिक भएको छ । भरतपुरमा शिक्षण पेशमा संलग्न विपिनको जन्मथलो जिल्लाको दक्षिणी भेग माडी हो ।

माडीको नयाँ पर्यटकीय गन्तव्य रातमाटे चुली (रेड हिल पार्क)मा गत शुक्रबार साँझ आयोजित कार्यक्रममा माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले उक्त कविता संग्रहको विमोचन गरिन् ।

संग्रहमा ३७ कविताहरू रहेका छन् । माडीको परिवेश र बासिन्दालार्ई विम्ब बनाएर कविता कोरे पनि विपिनले दिन खोजेको सन्देश बेजोड भएको समीक्षक घनेश्वर भट्टराईले टिप्पणी गरे । माडी निकुञ्ज र सोमेश्वर पहाडको वनले घेरिएको जिल्लाको पुरानो बस्ती हो । आदिवासी थारु बहुल माडीको यिनै विषेशता, वातावरण र समाजलाई आधार बनाएर विपिनले कविता मार्फत सत्ताधारीलाई प्रश्न गरेको भट्टराईले बताए ।

साहित्यकार भूपिन खड्काले संग्रहका कविता पढ्दा विपिनले साहित्यमा राम्रो सम्भावना देखाएको धारणा राखे । ‘कविता राम्रा छन् । विपिनले साहित्य क्षितिजमा एउटा सुन्दर सम्भावना देखाएका छन्,’ खड्काले भने । विपिनका कविताले समाजका विभेदकारी र राजनीतिलाई दूषित बनाउने पात्रहरूको धज्जी उडाउँदै मिहेनती र श्रमजीवी जनताका पक्षमा आवाज उठाएको वक्ता प्रेम रिमालले बताए ।

प्रकाशित : भाद्र १८, २०८१ ०८:२९
x
×