छिर्बिरे पुतली र शिशुको हत्केला
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बमले गहिरो पारेको खाडलको डिलमा
उभिएको छु अहिले,
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![छिर्बिरे पुतली र शिशुको हत्केला](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/ped/poem-1722024041658-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
बैजनी, पहोलो, हरियो र सुन्तला रङ
छ्यापिएको कालो रङको पुतली
नजाने कहााबाट आयो
र खाडल वरिपरि घुम्न थाल्यो ।
खाडलको एक छेउमा
एउटा शिशुको हत्केला र एउटी युवतीको योनि
उछिट्टिएर बसेका थिए ।
पुतली उड्दैउड्दै त्यो आलो हत्केलामा बस्यो
पखेटा फरफरायो, उड्यो र योनितिर गयो,
त्यहाा पुगेको एकै निमेषमा उड्यो
सीधै मतिर मास्तिर आयो
र उडेर गयो उसले तय गरेको दिशातर्फ ।
यतिखेर मेरा आाखा स्थिर छन्,
मेरो शरीर जड छ
मेरा विचारहरु बेस्सरी गुजुल्टो परेका छन् ।
अचानक खल्बलिन्छ दिमाग
र एउटा सोचको सुइरोले
घोच्छ विचारको पोकालाई—
सोचिरहेछु के सम्बन्ध छ बारूद, बम बनाउने वैज्ञानिक,
बम हान्न लगाउने अधिकारी, पृथ्वी, बच्चा जन्माउने आमाबा,
योनि, शिशुको शरीरबाट उछिट्टिएको हत्केला, म र बैजनी–
पहोलो–हरियो–सुन्तला रङ छ्यापिएको
कालो रङको पुतलीबीच ?
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)