कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चर्चामा ‘यूके बस्ने माया’

काठमाडौँ — लन्डनस्थित युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको दोस्रो गीत ‘यूके बस्ने माया’ को म्यूजिक भिडियो चर्चित बनेको छ ।

चर्चामा ‘यूके बस्ने माया’

अधिकारीको आफ्नै युट्युब च्यानल ‘विनय अधिकारी’ बाट सार्वजनिक गीतको भिडियो दुई साता नबित्दै दश लाखभन्दा बढीले हेरेका हुन् । शान्तिश्री परियार र बद्री सापकोटाको स्वर रहेको गीतमा बद्री सापकोटाले संगीत भरेका हुन् । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा विनयसँगै जुनु गुरुङको अभिनय छ ।

यसअघि विनयले ‘दुनियाँ लठ्ठै छ’ बोलको गीत दर्शकश्रोतामाझ ल्याएका थिए । पहिलो गीतको म्यूजिक भिडियो सफल भएपछि अधिकारीले दोश्रो गीत आफ्नै शब्दमा तयार पारेका हुन् । छोटो समयमै गीतको भिडियोले दशलाख भ्युज बटुल्न सफल भएकोमा विनयले खुशी व्यक्त गर्दै सबै दर्शक, कलाकार एवं शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।

समाजसेवी अधिकारी अचेल गीतसंगीतसहित चलचित्र निर्माणतिर पनि लागेका छन् । अधिकारीले बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×