कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

विधि लम्साल बनिन् 'मिस नेपाल पिस २०२४'

काठमाडौँ — काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले 'मिस नेपाल पिस २०२४'को शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा २३ सुन्दरीलाई पछि पार्दै विधिले उत्कृष्ट पर्सनालिटीसहित उपाधि जितेकी हुन् । 

विधि लम्साल बनिन् 'मिस नेपाल पिस २०२४'

लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । आयोजकका अनुसार विजेता लम्सालले अब 'मिस ग्लोबल'मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यो प्रतियोगितामा भक्तपुरकी अनिसा पराजुली पहिलो उप-विजेता र सामाखुसीकी पला रेग्मी दोस्रो उप-विजेता बनिन् । नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामा विशेष अवार्ड 'नर्स विथ व प्रपोज' मोनिका थापा मगर, मस्ट फोटोजेनिक स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्टको उपाधि दिव्या बम ठकुरीले उचालिन् ।

'सशक्त महिला सबल राष्ट्र' भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित सौन्दर्य प्रतियोगिता हो ।

प्रकाशित : जेष्ठ ७, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×