कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो ।

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

कार्यालयले पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो । अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये दोस्रो त्रैमासमा १७ वटाको मूल्य अभिवृद्धि घनात्मक रहेको कार्यालयले जनाएको छ ।

जसमध्ये आवास तथा भोजन सेवासाग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै ९.३ प्रतिशत र विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ रहेको प्रतिवेदनमा उल्लेख छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउादै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ ।

दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र २०, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×