कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तेस्रो सर्किट लागेसँगै सोमबारको लागि कारोबार बन्द

काठमाडौँ — नेप्से परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमबारको लागि कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचकको कारोबार खुलेको ३ मिनेटमा नै ४ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो ।

तेस्रो सर्किट लागेसँगै सोमबारको लागि कारोबार बन्द

त्यस्तै २० मिनेटपछि कारोबार खुलेपश्चात १ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागरे ४० मिनेटको लागि कारोबार बन्द भएको थियो । दोस्रो सर्किट पश्चात खुलेको नेप्से कारोबार १ मिनेटको अवधिमा ६ प्रतिशतले वृद्धिभएसँगै सोमबारको लागि नेप्से कारोबार बन्द भएको छ ।

सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजी बजारमा देखिएको छ । लोमो समयदेखि पुँजी बजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो ।

सोमबार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो । तेस्रो सर्किटमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको थियो । ११७.७० अंकले बढेको नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता सेयर ३७ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका २३७ कम्पनी मध्ये ५ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

जसमा २ कम्पनीको मात्रै सेयर मूल्यमा गिरावट आएको छ । सोमबारको कारोबारमा सेन्सेटिभ इन्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×