कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

साइकल संस्कृति प्रवर्धन गर्ने चित्रकला प्रदर्शनी 'पाङ्ग्रा'

   एउटा चित्रको मुल्य ५ लाखसम्म

काठमाडौँ — साइकल कल्चर कम्यूनिटीले नेपाल कला परिषद् बबरमहलमा ३२ जना कलाकारहरुद्वारा बनाइएका चित्रहरू प्रदर्शनीमा राखेको छ । साइकल संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले ‘पाङ्ग्रा’ शीर्षकमा चित्रकला प्रर्दशनी गरिएको हो । प्रर्दशनीमा राखिएका ६ दर्जन सबै चित्रकृतिहरु साइकल संस्कृतिसँग सम्बन्धित छन् ।

साइकल संस्कृति प्रवर्धन गर्ने चित्रकला प्रदर्शनी 'पाङ्ग्रा'

ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, केके कर्मचार्यसहित शशिविक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकारको चित्रकला प्रर्दशनीमा राखिएको छ।

प्रदर्शनीका कार्यक्रम संयोजक तारालाल श्रेष्ठले साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसग जोडेर सिर्जनात्मक अभियानको आवश्यकताबोध भएको बताए ।

प्रर्दशनीमा राखिएका यी चित्रकला बिक्रीमा समेत राखिएको छ । न्युनतम मुल्य ३५ हजार देखि ५ लाख रुपैयासम्म पर्छ । माघ ८ गतेदेखि सुरु भएको यो प्रर्दशनी माघ १४ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ :३० बजेसम्म जारी रहनेछ ।

प्रकाशित : माघ १४, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×