कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बिन्ध्यवासिनी फाउन्डेसनले मीरा राणासहित पाँच स्रष्टालाई सम्मान गर्ने

काठमाडौँ — बिन्ध्यवासिनी फाउन्डेसनले यस वर्ष सम्मान गर्ने स्रष्टाहरूको सूची सार्वजनिक गरेको छ ।

बिन्ध्यवासिनी फाउन्डेसनले मीरा राणासहित पाँच स्रष्टालाई सम्मान गर्ने

फाउन्डेसनको शनिबार सम्पन्न दसौं वार्षिक भेलाले एक लाख रुपैयाँसहितको बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डबाट गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय गरेको हो । यस्तै ५० हजार रुपैयाँसहितको बिन्ध्यवासिनी संगीत साधना सम्मान संगीतकार भूपेन्द्र रायमाझीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रेमध्वज संगीत रत्न सम्मान गायक रूपक डोटेल, झलकमान लोकसंगीत सम्मान राजु परियार र बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान शान्तिप्रियलाई प्रदान गर्ने निर्णय भएको फाउन्डेसनले जनाएको छ । तीनवटै पुरस्कारको राशि २५/२५ हजार रुपैयाँ छ ।

आगामी चैत १ गते हुने बिन्ध्यबासिनी म्युजिक अवार्डको १४औं संस्करणमा अवार्ड तथा सम्मान वितरण गरिने छ ।

प्रकाशित : माघ १३, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×