कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

प्रागमा विश्वविद्यालयमा गोली प्रहार : बन्दुकधारीसहित १५ जनाको मृत्यु

काठमाडौँ — चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा एक गोली चल्दा बन्धुकधारीसहित १५ जनाको मृत्यु भएको छ । बिहीबार प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक व्यक्तिले गोली चलाउँदा १४ जनाको मृत्यु भएको हो । आक्रमणमा २४ जना घाइते भएको चेक अधिकारीहरूले जनाएका छन् ।

प्रागमा विश्वविद्यालयमा गोली प्रहार : बन्दुकधारीसहित १५ जनाको मृत्यु

२४ वर्षीय विद्यार्थीले चार्ल्स विश्वविद्यालयको मानविकी संकायको भवनमा अन्धाधुन्ध गोली चलाएका हुन् । युवकले गोली चलाउँदा विद्यार्थी र कर्मचारीहरू आफैं ढोका लगाएर कोठाभित्र सुरक्षित बस्ने प्रयास गरेका थिए । घटनास्थलबाट २०० विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

चेक रिपब्लिकका प्रधानमन्त्री पेत्र फियालाले 'नृशंस घटनालाई कुनै पनि हालतमा न्यायोचित' मान्न नसकिने बताएका छन् । प्रहरी अधिकारीहररुले अनुसार आक्रमणकारी विद्यार्थी विदेशमा भएका यस्ता आक्रमणमबाट 'प्रेरित' भएको हुन सक्ने अनुमान गरेका छन् । आक्रमणकारी राजधानी प्रागाबट २१ किलोमिटर टाढाको गाउँको बासिन्दा रहेका थिए ।

गत हप्ता प्रागनजिकैको जंगलमा दुई जनाको मृत्यु भएको घटनामा समेत उनी जिम्मेवार रहेको अनुमान छ । सन् १३४७ मा स्थापित चार्ल्स विश्वविद्यालयको मानविकी संकाय ऐतिहासिक सहर प्रागको केन्द्रमै रहेको छ । नजिकै वल्तावा नदीमाथि चौधौं शताब्दीमा बनेको चार्ल्स ब्रिज र र ओल्ड टाउन स्क्वायरसमेत रहेको छ । ओल्ड टाउन स्क्वायर पर्यटकीय केन्द्रसमेत हो । स्वतन्त्र चेक रिपब्लिकको इतिहासमा यो घटना सबैभन्दा घातक आक्रमण भएको बताइएको छ ।

प्रकाशित : पुस ६, २०८० १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×