कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सन् १९९३ मा आजकै दिन : वर्ल्ड ट्रेड सेन्टर आक्रमण

काठमाडौँ — सन् १९९३ मा आजकै दिन (फेब्रुअरी २६) मा अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण गरिएको थियो । ट्रेड सेन्टरको उत्तरी टावर ध्वस्त पार्ने उद्देश्यले भ्यान बम विस्फोट गराइएको थियो । बम विस्फोटका कारण ६ जनाको मृत्यु भएको थियो । हजारौं घाइते भएका थिए ।

सन् १९९३ मा आजकै दिन : वर्ल्ड ट्रेड सेन्टर आक्रमण

राम्जी युसुफ, महमुद अबोउहालिमा, मोहम्मद ए. सलमेह, निदाल अैयद, अब्दुल रहमान यासिन र अहमेद अजाजको आतंककारी समूहले आक्रमण गरेको अधिकारीहरूले जनाएका थिए । तीमध्ये ४ जना बम ओसारपसार, षड्यन्त्र र सम्पत्ति ध्वस्त पारेको आरोपमा १९९४ मा दोषी ठहर भएका थिए ।

आक्रमणका योजनाकार राम्जी युसुफ र भ्यान चालक इयाद स्मोइली १९९७ मा दोषी ठहर भएका थिए । राम्जीले त्यसअघि अफगानिस्तानस्थित आतंककारी संगठन अल कायदाको तालिम केन्द्रमा समय बिताएका थिए । उनका काका खालिद शेख मोहम्मद २००१ सेप्टेम्बर ११ मा अमेरिका गरिएको आतंककारी आक्रमणका मुख्य योजनाकार थिए ।

न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गरिएको आक्रमणमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए । आक्रमणकारीले चारवटा विमान अपहरण गरी दुई वटा वर्ल्ड ट्रेड सेन्टरका टावर र अर्को एक अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काएका थिए । अमेरिकी राष्ट्रपति कार्यालयलाई लक्षित गरिएको चौथो विमान भने पेन्सलभेनियास्थित जंगलमा दुर्घटना भएको थियो ।

प्रकाशित : फाल्गुन १४, २०८० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×