कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सन् २०१० मा आजकै दिन : चिलीमा शक्तिशाली भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१० मा आजकै दिन (फेब्रुअरी २७) मा चिलीमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण कम्तीमा पाँच सय २५ जनाको ज्यान गएको थियो ।

सन् २०१० मा आजकै दिन : चिलीमा शक्तिशाली भूकम्प

राजधानी सान्टिआगोबाट करिब ३२५ किमि टाढा दक्षिणपश्चिमको तटीयलाई क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ८.८ म्याग्चिच्यूडको भूकम्प गएको थियो । जसका कारण आएको सूनामीले ताल्काहुवानो बन्दरगाह लगायतका तटीय क्षेत्र ध्वस्त भएका थिए । प्रभावित क्षेत्रका करिब ९ प्रतिशत सर्वसाधारणले आफ्नो बासस्थान गुमाएका थिए ।

भूकम्पपछि ५३ देशमा सूनामीको चेतावनी जारी गरिएको थियो । सूनामीका कारण अमेरिकाको क्यालिफोर्नियास्थित सान डिआगो र जापानको तोहोकु क्षेत्रमा समेत सामन्य क्षति पुगेको थियो । चिलीमा २०१० मा गएको भूकम्प ५० पछिको सबैभन्दा विनाशकारी हो । त्यसअघि १९६० मा गएको ९.५ म्याग्निच्यूडको भूकम्प विश्वकै सबैभन्दा शक्तिशाली मानिन्छ । उक्त भूकम्पका कारण एकहजार ६ सय ५५ जनाको ज्यान गएको थियो ।


प्रकाशित : फाल्गुन १५, २०८० ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×