कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

प्यालेस्टिनी प्रधानमन्त्रीले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति मोहम्मद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताएका हुन् । 

प्यालेस्टिनी प्रधानमन्त्रीले दिए राजीनामा

सोमबार लिखित रूपमै राजीनामा बुझाएको उनको भनाइ छ । यो निर्णय गाजापट्टीमा प्यालेस्टिनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको उनले बताए ।

श्तायेहको सरकार अप्रिल २०१९ मा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । प्यालेस्टाइनी मेलमिलाप र चुनावको तयारीको जिम्मा दिइएको थियो ।


प्रकाशित : फाल्गुन १५, २०८० ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×