कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

मरियम शरीफ बनिन् पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् । 

मरियम शरीफ बनिन् पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् । उनले २२० मत प्राप्त गरिन् । आरक्षित सिट सम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिए र मतदान प्रक्रिया बहिष्कार गरेका थिए।

५० वर्षीया मरियम पाकिस्तानकी पहिलो मुख्यमन्त्रीसमेत बनेकी छिन् । सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानका कुनै पनि प्रान्तमा महिला मुख्यमन्त्री बनेका थिएनन् । मरियम पाकिस्तानको राष्ट्रिय सभा वा संसद्को तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन् ।

निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकलाई सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : फाल्गुन १५, २०८० ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?