कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

चर्चित गजल गायक पंकज उदासको निधन

काठमाडौँ — चर्चित गजल गायक पकंज उदासको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उदासको सोमबार निधन भएको उनकी छोरी नायाब उदासले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पंकज उदास ७३ वर्षका थिए । 

चर्चित गजल गायक पंकज उदासको निधन

बुवाको मृत्युको पुष्टि गर्दै नायाबले लेखेकी छिन्, 'निकै दु:खका साथ तपाईंहरूलाई यो खबर सुनाउँदै छौँ कि पद्मश्री पंकज उदासको २६ फेब्रुअरी २०२४ मा निधन भएको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।'

इन्डियन एक्सप्रेसका अनुसार पंकज उदासको सोमबार बिहान ११ बजेतिर ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो । उदासका 'चिठ्ठी आयी है'(नाम), 'ना कजरे की धार'(मोहरा), 'चाँदी जैसा रंग', 'एक तरफ उसका घर', 'जिये तो जिये कैसे', 'तेरे बिना जिना' र 'अहिस्ता' चर्चित गीतहरू छन् । पंकज उदासका श्रीमती फरिदा उदास र छोरीहरू नायाब र रेभा छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×