कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

टर्किएमा खानी भत्कियोः कामदारको उद्धार जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्किएको पूर्वी प्रान्त एलाजिगमा सोमबार क्रोमाइट खानी भत्किँदा केही मानिस बेपत्ता भएका छन् । जसमध्ये ४ जनाको उद्धार गरिएको बताइएको छ । टर्किएको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले बेपत्ताको खोजी कार्य जारी राखेको बताएको छ ।

टर्किएमा खानी भत्कियोः कामदारको उद्धार जारी

पालु जिल्लामा रहेको खानी भत्किएको हो । इलाजिगका गभर्नर ओमेर तोरामारले लिखित बयानमा टर्कीका अधिकारीहरूले घटनाबारे न्यायिक र प्रशासनिक अनुसन्धान सुरु गरेको बताएका छन् ।

फेब्रुअरी १३ मा पूर्वी प्रान्त एर्जिनकानमा रहेको सुन खानीमा पहिरो जाँदा नौ जना कामदार बेपत्ता भएका थिए । यससँगै टर्किएमा खानी सुरक्षाको बारेमा बहस सुरु भएको छ ।

उत्तरी ओर्डु प्रान्तमा, स्थानीय अदालतले स्थानीय वातावरणीय संघहरूले दायर गरेको मुद्दामा अल्टिनटेप खानी कम्पनीको इजाजतपत्रको लागि दिइएको समय विस्तार रद्द गरेको छ । कम्पनीले सन् २०१५ देखि ओर्डुको फत्सा जिल्लामा सुन र चाँदीको खोजी गरिरहेको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×