कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इजरायली मन्त्रीका छोरा गाजामा मारिए

काठमाडौँ — इजरायली मन्त्रीका छोरामा गाजामा युद्धका क्रममा मारिएका छन् । इजरायली सेनाका पूर्वप्रमुखसमेत रहेका गाडी आइजनकोटका छोरा मेजर गाल आइजनकोट बिहीबार हमाससँगको लडाइँका क्रममा गाजामा मारिएका हुन् ।

इजरायली मन्त्रीका छोरा गाजामा मारिए

सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख रहेका गाडी आइजनकोट नेतान्याहु नेतृत्वको वर्तमान आपत्कालीन सरकारमा मन्त्रीसमेत रहेका छन् । अक्टोबर ७ मा हमासको आक्रमणपछि उनलाई मन्त्री बनाइएको हो ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार मेजर गाल आइजनकोट सुरुङमा विस्फोट हुँदा मारिएका हुन् । प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाल एक 'साहसिक योद्धा' भएको प्रतिक्रिया दिएको छ । गालको निधनले आफू विक्षिप्त भएको समेत उनको भनाइ छ । उनले भनेका छन्, 'हाम्रा योद्धाहरूको सहादत त्यसै खेर जाने छैन, विजय प्राप्त नभएसम्म हामी लडिरहने छौँ ।'

सीएनएनका अनुसार २५ वर्षीय गाल आइजनकोट ५५१औं रिजर्भ कमान्डो ब्रिगेडको ६९९औं बटालिएनका सिपाही थिए । अक्टोबर ७ यता ८८ जना इजरायली सैनिकको मृत्यु भएको इजरायली डिफेन्स फोर्स(आईडीएफ) जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०८० ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×