कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इटाली चिनियाँ बीआरआई परियोजनामा सहभागी नहुने

काठमाडौँ — इटाली चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी नहुने भएको छ । प्रधानमन्त्री जोर्जा मलोनी प्रशासनले चीनलाई बीआरआई परियोजनामा सहभागी नहुने जानकारी गराएको हो । बीआरआई परियोजनामा सहभागी हुने समयसीमा समाप्त हुनुअघि नै इटालीले हात झिकेको हो ।

इटाली चिनियाँ बीआरआई परियोजनामा सहभागी नहुने

व्यापार र भौतिक पूर्वाधारमा केन्द्रित भएर इटालीले बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । इटाली परियोजनामा सहभागी हुने एक मात्र जी-७ देश हो । इटालीले सन् २०१९ मा बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । सम्झौताको अमेरिकालगायतका मुलुकले त्यतिबेला नै आलोचना गरेका थिए ।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको बीआरआई परियोजनाअन्तर्गत एसिया र युरोपमा गरी १ ट्रिलियन अमेरिकी डलर लगानी हुने जनाइएको थियझ । परियोजनाअन्तर्गत चीन र युरोपलाई जोड्न विद्यमान रेलमार्ग सुधार तथा नयाँ योजना सुरु गर्ने पनि बताइएको थियो ।

सन् २०१९ मा राष्ट्रपति सीले इटालीमा २० बिलियन युरो लगानी गर्ने बताए पनि त्यसको सानो हिस्सा मात्र लगानी भएको बीबीसीले जनाएको छ । त्यस्तै सन् २०१९ मा १३ बिलियनबराबरको विभिन्न सामान चीन निर्यात गरेको इटालीले गत वर्ष केही बढी १६.४ बिलियन युरोबराबरको निर्यात गरेको छ । अर्कोतर्फ आयात भने बढिरहेको छ । सोही अवधिमा चीनबाट आयात भने ३१.७ बिलियन युरोबाट ५७.५ बिलियन युरो पुगेको छ ।

प्रकाशित : मंसिर २१, २०८० ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×