कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

युद्धविराम सकिएलगत्तै गाजामा इजरायलको आक्रमण

काठमाडौँ — इजरायल र हमासबिच थप गरिएको युद्धविराम सकिएलगत्तै इजरायली सेनाले पुन: आक्रमण सुरु गरेको छ । इजरायलले हमासले युद्धविरामका सर्तहरू पालना नगरेकाले आक्रमण सुरु गर्नुपरेको दाबी गरेको छ । इजरायलले सुरु गरेको हवाइ आक्रमणका कारण कम्तीमा ६ जना प्यालेस्टिनी नागरिको ज्यान गएको बताइएको छ ।

युद्धविराम सकिएलगत्तै गाजामा इजरायलको आक्रमण

युद्धविरामको समयावधि समाप्त हुनु केही समयअघि दक्षिणी इजरायलमा साइरन बजेको थियो र इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएको रकेटलाई रोकेको बताएका थिए ।

हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ।

युद्धविरामले गाजामा बन्दी बनाइएका १०० भन्दा बढी रिहा हुन सफल भएका छन् । अझै करिब १४० जना बन्धक छन् । युद्ध पुन: सुरु भएसँगै गाजामा अत्यावश्यक सामाग्रीको अभावबिच मानवीय संकट सुरु हुने सम्भावना छ।

युद्धविराम अवधीको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लंघन गरेको आरोप लगाएका छन् ।

'हमासले सहमतिअनुसार सबै महिला बन्धकहरूलाई रिहा गरेन र आज बिहान इजरायलमा रकेटले आक्रमण गर्‍यो,' नेतान्याहुको कार्यालयले भनेको छ ।

उनको कार्यालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा इजरायल आफ्ना उद्देश्यहरू प्राप्त गर्न प्रतिबद्ध रहेको बताइएको छ । 'बन्धकहरूलाई मुक्त गर्न, हमासलाई हटाउन र 'गाजाले इजरायलका बासिन्दाहरूलाई कहिल्यै खतरा नपुग्ने' सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं,' विज्ञप्तिमा भनिएको छ ।

युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेको बेला पुन: हिंसात्मक युद्ध सुरु भएको हो ।

प्रकाशित : मंसिर १५, २०८० १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×