कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बंगलादेशी क्रिकेट कप्तान शाकिब अल हसन संसदीय चुनाव लड्दै

काठमाडौँ — बंगलादेशी क्रिकेट टिमका कप्तान शाकिब अल हसनले संसदीय चुनाव लड्ने भएका छन् । बंगलादेशको सत्तारुढ दल अवामी लिगले उनलाई सांसदमा उठाउने भएको हो ।

बंगलादेशी क्रिकेट कप्तान शाकिब अल हसन संसदीय चुनाव लड्दै

ढाका ट्रिब्युनका अनुसार अवामी लिगले शाकिबलाई उनकै गृहनगर मगुरा-१ क्षेत्रबाट सांसदमा उठाउने निर्णय गरेको छ । आइतबार पार्टी महासचिव ओबैदुल कादेरले एक पत्रकार सम्मेलनमा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका हुन् । यसअघि बंगलादेशका पूर्वकप्तान मशरेफे मुर्तजा पनि गत चुनावमा सांसदमा निर्वाचित भएका थिए ।

बंगलादेशी कप्तान शाकिब औंलाको चोटका कारण उपचार गरिरहेका छन् । चुनावमा उम्मेदवार बन्ने भएकाले उनी पुन: मैदानमा खेलाडीका रूपमा देखिने छन् वा छैनन् भन्ने स्पष्ट बताएका छैनन् ।

बंगलादेशमा आगामी जनवरी ७ मा देशको १२ औं संसदीय निर्वाचन हुँदै छ । बंगलादेश अवामी लिगकी अध्यक्षसमेत रहेकी शेख हसिना १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनलाई प्रतिपक्षी दलमाथि धरपकड गरेको तानाशाही सरकार चलाएको समेत आरोप लाग्दै आएको छ । हसिनाको मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेकी र दुई पटक प्रधानमन्त्री बेगम खालिदा जियालाई नजरबन्दमा राखिएको छ ।

बीएनपीले २०१४ को चुनाव बहिष्कार गरे पनि २०१८ मा भने सहभागी भएको थियो । मुख्य प्रतिपक्षी दल बंग्लादेश राष्ट्रिय दल(बीएनपी) ले हसिनाले राजीनामा नदिए चुनावमा सहभागी नहुनेसमेत चेतावनी दिएको छ । बीएनपीका शीर्ष नेता कि त जेलमा छन् कि त निर्वासनमा । इस्लामिक आन्दोलन बंग्लादेश(आईएबी) ले पनि चुनाव बहिष्कार गर्न सक्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित : मंसिर ११, २०८० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×