कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
किन्सासा — उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झन्डै ३ सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/congo-boat-18102023044733-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाएअनुसार कंगो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना भएको बताइएको छ ।
आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले २ सय ६१ जना बेपत्ता भएको उल्लेख गरेका छन् । घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई कडा कारबाही गरिने बताएका छन् ।
प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा शुक्रबार अबेर कंगो नदीमा रहेको प्रान्तको बन्दरगाह सहर एमबन्दकाबाट ३ सय किलोमिटर टाढा रहेको बोलोम्बाका लागि छुटेको थियो । यात्रुहरूको संख्या यकिन हुन सकेको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)