१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

युक्रेनबाट मारिएका भनिएका रुसी कमान्डरको भिडियो रुसद्वारा सार्जनिक

काठमाडौँ — युक्रेनले हत्या गरेको भनिएका क्रिमियास्थित रुसी ब्ल्याक सी फ्लिट कमान्डर भिक्टोर सोकोलोभ एक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको छ ।

युक्रेनबाट मारिएका भनिएका रुसी कमान्डरको भिडियो रुसद्वारा सार्जनिक

युक्रेनको विशेष फौजले मिसाइल आक्रमणबाट उनको हत्या गरेको दाबी गरेको एक दिनपछि रुसले उनलाई सार्वजनिक गरेको हो ।

रुसी रक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको भिडियो र तस्बिरमा सोकोलोभ भिडियो सम्मेलनमा सहभागी भएको देखिएका छन् । जहाँ उनीसँगै रक्षामन्त्री सर्जेइ शोइगु र अन्य उच्च सैनिक अधिकारीहरू पनि उपस्थित थिए । युक्रेनको विशेष फौजले भने सोमबार सेभास्टोपोल बन्दरगाहमा मिसाइल आक्रमणबाट सोकोलोभसहित अन्य ३३ अधिकारीहरू मारिएको दाबी गरेको थियो ।

त्यस क्रममा अन्य १ सय ५ जना घाइते भएको पनि युक्रेनले दाबी गरेको थियो । रुसी रक्षा मन्त्रालयले भने विज्ञप्ति जारी गर्दै सोकोलोभसहितको भेटवार्ताबारे जानकारी दिएको हो ।

जहाँ सोकोलोभ भिडियोमा बोलेको देखिएका छैनन् । रुसले हालैका महिनाहरूमा रणनीतिक रूपमा महत्त्वपूर्ण सेभास्टोपोल बन्दरगाहमा लगातार आक्रमणहरूको सामना गर्नु परेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोकोलोभको मृत्युबारे युक्रेनी दाबीमा टिप्पणी गर्न भने अस्वीकार गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०८० २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?