कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एसियाड खेलाडी दीपक बेल्जियम जाने

काठमाडौँ — चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लूसीएसएफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

एसियाड खेलाडी दीपक बेल्जियम जाने

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा भाग लिन दीपक मंगलबार बेल्जियमको लुउभेन जानेछन् । दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

दीपकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उच्च मनोबलका साथ प्रदर्शन हौसला प्रदान गरे ।

प्रकाशित : आश्विन १, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×