कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौं : पुटिन

'पश्चिम र यसका स्याटलाइटहरूद्वारा युक्रेनमा जारी युद्ध' रुसले अन्त्य गर्न चाहेको छ

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन् । उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन् ।

युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौं : पुटिन

यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई 'पश्चिम र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध' भएको संज्ञा दिएका थिए ।

दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी भएका छैनन् । उनले सम्मेलनलाई भिडियो सन्देशमार्फत् सम्बोधन गरेका थिए । अधिकांश अन्तर्राष्ट्रिय मिडियाले भने पुटिन पक्राउ पर्ने त्रासले दक्षिण अफ्रिका नगएको उल्लेख गरेका छन् । बेलायत, भारत, चीन र दक्षिण अफ्रिकासहित रुस पनि ब्रिक्समा आबद्ध एक शक्ति राष्ट्र हो ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जारी शिखर सम्मेलनमा तीनै देशका प्रमुख गए पनि पुटिन भने गएका छैनन् ।

भिडियो सम्बोधनको क्रममा पुटिनले अमेरिकालाई लक्षित गर्दै युक्रेनको युद्धका लागि पश्चिमलाई आरोप लगाएका थिए । साथै २०१२ मा युक्रेनमा कू गराएको पनि बताएका थिए । जवकि २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनका दुई क्षेत्र कब्जा गर्दै आक्रमण गरेपछि दुई देशबीच युद्ध हुँदै आएको छ ।

यद्यपि यसबीचमा अमेरिका लगायत पश्चिमा शक्तिहरूले युक्रेनलाई साथ दिँदै आएका छन् । र युद्ध अन्त्य गर्नका लागि रुस जिम्मेवार रहनुपर्ने बताउँदै आएका छन् ।

युक्रेनको सीमा क्षेत्रस्थित बेल्गोरोडमा ड्रोन आक्रमणबाट तीन जना मारिएको केही घण्टापछि पुटिनले ब्रिक्सको सम्मेलनमा सम्बोधन गरेका हुन् । यससँगै मस्कोमा पनि ड्रोन आक्रमणबाट एउटा गगनचुम्बी भवनमा क्षति पुगेको थियो ।

प्रकाशित : भाद्र ६, २०८० २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×