कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्समा प्रदर्शनकारीको आक्रमणबाट मेयरकी पत्‍नी र छोरा घाइते

एजेन्सी

काठमाडौँ — फ्रान्समा जारी विरोध प्रदर्शनको क्रममा पेरिस नजिकैका एक मेयरको निवासमा आक्रमण भएको छ । प्रदर्शनकारीले मेयर भिन्सेन्ट जिनबर्नको निवासमा कार ठोक्काउँदा भएको भागदौडमा मेयरकी पत्नीको खुट्टा भाँचिएको अधिकारीहरुले बताएका छन् । साथै मेयरका छोरा पनि घाइते भएको बताइएको छ ।

फ्रान्समा प्रदर्शनकारीको आक्रमणबाट मेयरकी पत्‍नी र छोरा घाइते

स्थानीय समय अनुसार राति १ बजे आक्रमणकारीले मोटरको घरको गेटमा गाडी ठोक्काएका थिए । निवासमा आक्रमण भएपछि घरबाट भाग्ने क्रममा मेयरकी पत्नी र एक छोरा पनि घाइते भएका छन् ।

यसबीचमा प्रदर्शनकारीहरूले कारमा आगो लगाउनुका साथै सयौं भवनमा आगजनी गरेका छन् ।

गत साता प्रहरीले एक १७ वर्षीय किशोरलाई गोली हानी हत्या गरेपछि त्यसको विरोधमा फ्रान्समा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । ५ दिनदेखि फ्रान्समा देशव्यापी प्रदर्शन हुँदै आएको छ ।

यस क्रममा शनिबार बेलुकासम्म प्रहरीले ७ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ ।

सरकारले प्रदर्शन नियन्त्रण गर्नका लागि करिब ४५ हजार प्रहरी परिचालन गरे पनि नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनको क्रममा लुटपाट र आगजनीका घटनासमेत भएका छन् । विभिन्न स्थानमा दंगा समेत भएका छन् । किशोरलाई गोली प्रहार गर्ने प्रहरीलाई भने प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित : असार १७, २०८० १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?