कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

‘अमेरिकामा ब्याजदर वृद्धि आवश्यक’

काठमाडौँ — अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन् ।

‘अमेरिकामा ब्याजदर वृद्धि आवश्यक’

बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक वर्षभन्दा केही बढी समयको अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरेपछि ब्याजदर स्थिर राख्ने पक्षमा अमेरिकी संसद्मा मतदान गरेको केही समयपछि पावेल ‘हाउस’ र ‘सिनेट’ समक्ष उपस्थित भएका हुन् ।

प्रतिनिधिसभाको वित्तीय सेवासम्बन्धी समितिका लागि तयार पारिएको टिप्पणीमा उनले यस वर्षको अन्त्यसम्ममा ब्याजदरलाई केही हदसम्म बढाउनु उपयुक्त हुने जनाएका छन् ।

‘फेडले २०२२ मार्चदेखि आफ्नो महत्त्वपूर्ण कर्जा दरलाई ५ प्रतिशत अंकले बढाइसकेको छ, जुन शून्यको नजिकबाट ५.० देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ । तर यी आक्रामक कदमहरूको बाबजुद, मुद्रास्फीति फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा ‘धेरै माथि’ छ,’ उनले भने ।

अमेरिकामा यस वर्षको औसत मुद्रास्फीतिको अपेक्षा ३.२ प्रतिशतमा झरेको छ भने अस्थिर खाद्य र ऊर्जा मूल्यहरू समावेश नगर्ने आन्तरिक मुद्रास्फीतिको प्रक्षेपण वार्षिक ३.९ प्रतिशतको दरले वृद्धि भएको फेडले जनाएको छ ।

प्रकाशित : असार ७, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×