बाँध भत्किएको क्षेत्रमा पुगे जेलेन्स्की


युक्रेन — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खेरसोन सहरस्थित बाँध भत्किएको क्षेत्रको भ्रमणमा पुगेका छन् । बाँध भत्किएपछि आएको बाढीमा शवहरू तैरिरहेको उनले बताएका छन् । उनले युक्रेनी उद्धारकर्तालाई रुसी सैन्य बलले गोली हानेको पनि आरोप लगाएका छन् ।


मंगलबार दक्षिण युक्रेनको निप्रो नदीमा रहेको नोभा काखोभ्का नामको विशाल बाँधमा विस्फोट भएको थियो, जसका कारण त्यहाँका हजारौं स्थानीय विस्थापित भएका छन् । बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । हालसम्म उक्त घटनामा मृत्यु हुनेको यकिन संख्या सार्वजनिक भएको छैन ।