पाकिस्तानी महिला आन्दोलनकारीको प्रशंसामा भाइरल तस्बिर एआई जेनेरेटेड भएको पुष्टि

संसारभका सरकारका लागि यस्ता तस्बिर र भिडियो टाउको दुखाइको विषय बन्दै
एजेन्सी

काठमाडौँ — पूर्वपाकिस्तानी प्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानले आफ्नो पार्टी पाकिस्तान तारीक-ए-इन्साफको विरोध प्रदर्शनमा महिला आन्दोलनकारीहरूको प्रशंसा गर्दै सेयर गरेको भिडियोमा प्रयोग भएको एक प्रमुख तस्बिर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सबाट बनाइएको पुष्टि भएको छ ।

फ्रान्स २४ नामक टीभी च्यानलले गरेको तथ्य जाँचमा सुरक्षा फौजको अगाडि उभिएकी एक महिला देखिने उक्त तस्बिर एआईको प्रयोगबाट बनाइएको र अन्य दुई भिडियो क्लिप पनि प्रदर्शनसँग सम्बन्धित नरहेको पाइएको समाचार संस्थाले जनाएको छ ।

गत शुक्रबार खानले सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरेको उक्त भिडियो झन्डै १६ लाख पटक हेरिएको थियो । उक्त भिडियो सेयर गर्ने क्रममा उनले 'जुन उत्साहका साथ पाकिस्तानी महिलाहरू आफ्नो स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिएका छन्, देशको लोकतान्त्रिक इतिहासमा यसको उच्च सम्मानका साथ स्मरण गरिनुका साथै हाम्रो सुरक्षा फौजहरूको क्रुरता र उनीहरूले महिलाहरूलाई अपमान गर्न प्रयोग गरेको निर्लज्ज बल प्रयोग पनि हामी बिर्सनेछैनौं' भन्दै महिला प्रदर्शनकारीहरूमाथि बल प्रयोग भएकोमा विरोध जनाएका थिए ।

गएको वर्ष एक अविश्वास प्रस्तावमार्फत पाकिस्तानको प्रधानमन्त्रीबाट हटाइएका भए पनि खान निरन्तर पाकिस्तानको राजनीतिको केन्द्रमा रहँदै आएका छन् । यसबीचमा उनले 'लङ मार्च' जस्ता प्रदर्शन गर्ने मात्र नभइ पञ्जाबमा भएको चुनावमा राम्रो जित निकालेपछि समयभन्दा अगावै आमनिर्वाचनको माग गर्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । गएको नोभेम्बरमा उनीमाथि एक यस्तै प्रदर्शनमा गोलीसमेत प्रहार भएको थियो । गत मार्चयता आतंकवाद र भ्रष्टाचार लगायतका आरोपमा खानलाई पक्राउ गर्न प्रयत्नरत पाकिस्तान सरकारले मे महिनामा भने उनलाई पक्राउ नै गरेको थियो । खानको पक्राउको विरोधमा पाकिस्तानभर हिंसा भड्किएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतले धरौटीमा छोड्न र फेरि पक्राउ नगर्न आदेश दिएपछि छुटेका खानका समर्थकले उनको समर्थन र पाकिस्तानी सेना र सरकारको विरोधमा प्रदर्शनहरू जारी राखेका छन् । पाकिस्तानकी सूचना तथा प्रसारणमन्त्री मरीयम औरञ्जेबले मिथ्या तस्बिरको प्रयोग गरेको भन्दै खानको आलोचना गरेकी छन् । उनले खानको भिडियोमा प्रयोग भएका अन्य तस्बिर र फुटेजहरू पनि तोडमोड गरिएको र यसले पाकिस्तानी सुरक्षा फौजको उपहास गरेको प्रतिक्रिया दिएकी छन् ।

गएको साता यस्तै अर्को घटनामा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)मा विष्फोट भएको भन्दै हल्ला फिँजाइएको एक तस्बिर पनि फेक र एआई जेनेरेटेड भएको पुष्टि भएको थियो । यस्तै, मे १६ मा ड्यानिएल मार्विन नामक व्यक्तिले इलन मस्कको भविष्यकी पत्नी भन्दै रोबोटसँग अन्तरंग बनेको एआई जेनेरेटेड तस्बिरहरू पनि भाइरल भएका थिए । यति मात्र होइन, रिपब्लिकन नेशनल कंग्रेसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरूद्ध बनाएको भिडियो विज्ञापनमा प्रयोग भएको एक तस्बिर पनि एआईको प्रयोगले बनाएको भेटिएको थियो । संसारभरका सरकार र नीतिनिर्माताहरू एआईलाई कसरी नियमन गर्ने भन्नेमा प्रयत्नरत रहेको बेला यस्ता तस्बिर र भिडियोको अत्यधिक प्रयोग सुरक्षा निकाय र राजनीतिज्ञहरूको लागि पछिल्लो टाउको दुखाइ बनेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

'ओली हेडमास्टर मात्रै होइन‚ विश्वविद्यालयको भीसी, इन्जिनियर, आर्किटेक्ट हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई दिएको 'हेडमास्टर' संज्ञा नपुगेको एमालेका सांसद गोकुल बाँस्कोटाले बताएका छन् । बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उनीबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिएका छन् । 

प्रतिनिधिसभामा एमालेका अध्यक्ष ओलीबाट शिक्षित हुनु भएकामा सत्तापक्षका सांसदहरूलाई बाँस्कोटाले बधाईसमेत दिएका थिए । 'हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्यायसहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो । त्यसैले तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो,' उनले भने, 'तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।'

बाँस्कोटाले एमाले र अध्यक्ष ओलीबाट सामाजिक विकासको मान्यता ग्रहण गरेर सुल्टो बाटो हिँड्न सुझाव दिएका थिए ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राम्रोसँग छलफल हुन नसकेको बाँस्कोटाको भनाइ थियो । उनले नीति तथा कार्यक्रममाथि वादविवाद, बहस, संवाद हुन नसकेको र सुधारको गुन्जायस नरहेको बताए । सत्तापक्षका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

'सत्तापक्षले सुन्ने धीरता राख्ला भन्ने बुझाइ थियो । तर, हिजो अस्तिका कुराहरू सुनिरहँदा सत्तापक्ष आफ्नो कमजोरी लुकाउनका लागि प्रतिपक्षको तेजोवध गर्ने र तीव्र प्रतिवादमा उत्रिने उल्टो बाटोमा हिँडेको देखियो ।'

सत्तापक्षका सांसदहरूमा तथ्यको खडेरी परेको पनि सांसद बाँस्कोटाको भनाइ थियो । उनले नीति तथा कार्यक्रम सरकारको नेतृत्व गरिरहेको माओवादी र सत्ताको प्रमुख घटक कांग्रेसका नीतिको विरोधाभाषमा रुमल्लिएको बताए ।

प्रकाशित : जेष्ठ ९, २०८० १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×