प्राकृतिक विपत्तिले ५० वर्षमा २० लाखको मृत्यु

एपी

जेनेभा — विश्वभर भएका प्राकृतिक विपत्तिले ५० वर्षयता २० लाख जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले जनाएको छ ।

राष्ट्रसंघको मौसमसम्बन्धी संगठन डब्लूएमओले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९७० देखि २०२१ सम्म ११ हजार ७ सय ७८ वटा ठूला प्राकृतिक विपत्तिका घटना भएका छन् । यस क्रममा विश्वको ४.३ ट्रिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति पनि भएको छ ।

करिब ९० प्रतिशत विपत्तिका घटना विकासशील देशले भोग्नुपरेको पनि प्रतिवेदनले जनाएको छ । पछिल्लो समय ‘मोचा’ नामको आँधीले बंगलादेश र म्यानमारमा मानवीय क्षति पुर्‍याएको राष्ट्रसंघले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : इटालीद्वारा अस्ट्रिया–हंगेरीविरुद्ध युद्ध घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९१५ मा आजकै दिन (मे २३) मा इटालीले अस्ट्रिया–हंगेरीविरुद्ध युद्धको घोषणा गरेको थियो । घोषणासँगै इटाली प्रथम विश्वयुद्धमा संलग्न भएको हो ।

जर्मनी र अस्ट्रिया–हंगेरीको त्रिपक्षीय गठबन्धनबाट अलग भएको केही दिनपछि इटालीले युद्धको घोषणा गरेको थियो ।

१९१४ को जुलाई २८ मा अस्ट्रिया–हंगेरीले सर्बियामाथि आक्रमण सुरु गर्दै प्रथम विश्वयुद्ध सुरु गरेका हुन् । युद्धको मुख्य कारण भने १९१४ को जुन २८ मा भएको घटना मानिन्छ । अस्ट्रियाको सिंहासनका उत्तराधिकारी आर्चड्युक फर्डिनेन्ड र उनकी पत्नीको सेराजेवोमा हत्या भएपछि त्यसको केही साताभित्र अस्ट्रियाले सर्बियाविरुद्ध युद्ध सुरु गरेका गरेको थियो ।

तर पछि इटालीको निर्णयका कारण भने युद्धमा नयाँ मोर्चाबन्दीको अवस्था उत्पन्न भएको थियो । १९१७ सम्म इटाली र अस्ट्रियाले कम्तीमा ११ स्थानमा युद्ध लडेका थिए । युद्धमा सुरुमा इटालीका तीन लाखभन्दा कम सेना सहभागी भएका थिए । तर १९१८ को नोभेम्बरमा युद्ध अन्त्य हुँदासम्म सेनाको संख्या ५० लाख पुर्‍याइएको थियो ।

युद्ध र त्यसपछिको असरका कारण इटालीका कम्तीमा ६ लाख १५ हजार जनाले ज्यान गुमाएका थिए । १९१४ देखि १९१८ सम्म चलेको युद्धका कारण करिब ९७ लाख सैनिक मारिएका थिए । त्यस्तै करिब एक करोड गैरसैनिकले ज्यान गुमाएका थिए । युद्धका क्रममा जर्मनी, अस्ट्रिया र रुसले सबैभन्दा बढी क्षति व्यहोरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०८० ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×